Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


हेटौंडामा अफ्रिकन बाख्रापालन


0
Shares

हेटौंडा, असोज २८ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २८ बसामाडीस्थित सिमलथलीमा व्यावसायिक अफ्रिकन बोयर जातका बोका र बाख्रापालन गरिएको छ ।

गोविन्द सुवेदी र भगिरथी अधिकारीको संयुक्त १ करोड ५ लाखको लगानीमा फार्म संचालनमा ल्याइएको हो ।

२०७१ साल फागुनदेखि बोयर जातका १७ वटा बोका र बाख्राबाट शुरु गरिएको फार्ममा अहिले १ सय २७ वटा बोका र बाख्रा छन् । भारतको महाराष्ट्रबाट एउटा उन्नत बोका र बाख्राको साढे तीन लाखदेखि चार लाख रुपैयाँसम्म तिरेर ल्याइएको संचालक सुवेदीले जानकारी दिए ।

फार्ममा स्थानीय जातका बोयर क्रस गरी उत्पादन समेत गरिएको छ ।

स्थानीय जातका बाख्राबाट जन्मेका पाठा–पाठी तीन महिनामा १०–११ केजी तौल हुन्छन् भने बोयर बोकालाई स्थानीय जातका बाख्रासँग मिलाएर जन्मेका पाठा–पाठीहरु तीन महिनामा ३५ केजीसम्म तौल हुने गरेको छ ।