Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


चिराईतोमा रोग लाग्यो, किसान चिन्तित


0
Shares

भोजपुर, असोज २८ । पूर्वी पहाडी जिल्ला भोजपुरका किसान चिराईतो खेतीमा लागेको रोगले चिन्तित बनेका छन् ।

गत वर्षको तुलनामा यस वर्ष चिराइतोले बजार भाउ पाए पनि बालीमा रोग लागेपछि किसान चिन्तित बनेका हुन् । माथिल्लो भेगका किसानका लागि आम्दानीको मुख्य स्रोत बनेको चिराइतोको बोट कालो हुने, सुकेर जाने, जरामा किरा पर्ने रोग देखिएको छ ।

खेती लगाएर हुर्कदै गरेको आधाजसो बोट रोगले सखाप पार्न लागेपछि उत्पादनमा गिरावट आई आम्दानी गुम्न थालेको छ ।

कृषि विकास कार्यालय भोजपुरमा उपचार पद्धतिबारे सोधपुछ गर्दा अनविज्ञता व्यक्त गरेको किसानहरुको भनाइ छ । छोटो समय र कम लगानीबाटै अत्यधिक आम्दानी लिन सकिने भएपछि विगत ६ वर्षदेखि परम्परागत खेतीलाई छाडेर नगदेबाली चिराइतोमा भोजपुरका कृषक आकर्षित बनेका थिए ।