पाल्पा, असोज २८ । पाल्पाका किसानले कुरिलो खेती सुरु गरेका छन् ।
कम खर्चमा बढी आम्दानी हुने भएकाले स्थानीय कृषक यसतर्फ आकर्षित भएका हुन् । कुरिलो खेतीका लागि पाल्पाको हावापानीलाई राम्रो मानिन्छ ।
उत्पादित कुरिलो तत्कालै बिक्री हुने गरेको छ । कुरिलो खाँदा रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले देशभर यसको माग उच्च हुँदै गएको छ ।
बजारमा कुरिलोको माग बढ्दै गएकाले एक केजीको चार सय रुपैयाँमा बिक्री हुने गरेको किसानहरुको भनाइ छ ।
बिरुवा रोपेको चार÷पाँच महिनामै तयार हुने कुरिलो खेतीमा दिनदिनै टुसा पलाउने हुँदा यसबाट राम्रो आम्दानी हुने कृषकको भनाइ छ । यहाँका कतिपय किसानले कुरिलो खेतीबाटै एक सिजनमा १ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्