Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


ओलम्पिक महिला छनोट फुटबल दोस्रो चरणः नेपाल म्यानमारसित ३–१ ले पराजित


0
Shares

काठमाडौं, चैत २० । जापानमा सन् २०२० मा हुने ओलम्पिक खेलकुदको छनोटअन्तर्गत् दोस्रो चरणको महिला फुटबलमा नेपालले खराब सुरुआत गरेको छ ।

नेपाल बुधबार म्यानमारसित ३–१ ले पराजित भएको हो ।

म्यानमारको घरेलु मैदानमा भएको खेलको मध्यान्तरसम्म १–१ को बराबरी खेलेको नेपालले मध्यान्तरपछि २ गोल खाएको हो ।

नेपालका लागि कप्तान निरु थापाले गोल गरेकी थिइन् ।

पहिलो चरणको खेलमा नेपालले म्यानमारलाई १–१ को बराबरीमा रोके पनि दोस्रो चरणमा भने सम्हालिन नसक्दा हार व्यहोर्नुपरेको हो ।

पहिलोपटक ओलम्पिक छनोटको दोस्रो चरणमा पुगेको नेपालले दोस्रो चरणको दोस्रो खेलमा शनिबार भारतसित खेल्नेछ ।

नेपालले गएको फागुनमा भएको हिरो गोल्डकप फुटबलमा भारतलाई पहिलोपटक हराएको थियो । यही चैतमा विराटनगरमा भएको पाँचौं साफ च्याम्पियनसिपमा भने भारतसित नेपाल पराजित भएको थियो ।

प्रतियोगिताको अन्तिम खेलमा नेपालले चैत २६ गते इन्डोनेसियासित खेल्नेछ ।

नेपालले पहिलो चरणमा आयोजक म्यानमार, बंगलादेश र भारतसित बराबरी खेल्दै दोस्रो चरणको यात्रा तय गरेको थियो ।