१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


डुंगा दुर्घटनामा बेपत्ताको खोजी जारी, आठ शव फेला


0
Shares

अपडेट : इलाम, असोज २८ । इलामको दानाबारी–९ स्थित माइधारमा शुक्रबार दिउँसो २ बजे थुप्रै यात्रु सवार एक डुङ्गा डुबेको छ । डुङ्गामा ४० यात्रु रहेको अनुमान गरिएको छ ।

नेपाली कांग्रेस झापाका नेता देउमान थेवेका अनुसार आठ जनाको शव माथि तैरिएकै अवस्थामा भेटिएको छ । झापाको दोमुखामा साडी, थैली, चप्पल र मोबाइल भेटिँदै गरेका कारण त्यहाँ नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी तथा स्थानीय पार्टी कार्यकर्ताले निगरानी राखिरहेका छन् । (रासस)

 

अघिल्लो समाचार

इलाम, असोज २८ । इलामको माइखोलामा यात्रुबाहक डुंगा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

माइखोलाको लोदिया दोभानमा भएको दुर्घटनामा परेका २६ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

डुंगा दुर्घटना हुँदा केही बेपत्ता भएको आशंकामा खोजी भइरहेको छ । डुंगामा करिब ५० जना सवार रहेको स्थानीयले बताएका छन् ।

दशैंमा टीका थाप्न ओहोर–दोहोर गर्दै गरेका यात्रुहरु बोकेको डुंगा दानाबारीबाट महमइतर्फ जाँदै गरेको अवस्थामा दुर्घटना भएको बताइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले यात्रुहरुको उद्धार तथा खोजी कार्य जारी राखेका छन् ।

डुंगा दुर्घटना हुनुको कारण प्रष्ट भइसकेको छैन ।