
काभ्रे, असोज २९ । काभ्रेको राम्चेमा मिनी बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
मृत्यु हुनेमा खरेलथोक ५ का ६५ बर्षीय अर्जुन खरेल, फलाके ६ का अन्दाजी ३० बर्षीया कान्छी दर्जी रहेका छन् भने एक जनाको सनाखत हुन सकेको छैन ।
पलाञ्चोक भगवतीबाट बनेपातर्फ आउँदै गरेको बा४ख १९१३ नम्बरको कीर्तिपुर यातायातको मिनी बस ब्रेक फेल भएर दुर्घटनामा परेको हो ।
बस सडकबाट करिब पाँच सय फिट तल खसेको बताइएको छ । घाइतेहरुको घुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्