Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


भोजपुरे खुकुरीको व्यवसाय संकटमा


0
Shares

भोजपुर, असोज २९ । भोजपुरमा दक्ष कालीगड र कच्चा पदार्थको अभावले भोजपुरे खुकुरीको व्यावसाय नै संकटमा परेको छ ।

भोजपुरे खुकुरी विश्वका विभिन्न मुलुकमा निर्यात समेत हुने भए पनि पछिल्लो समय दक्ष जनशक्तिको अभाव र कच्चा पदार्थ पाइन छाडिएपछि उद्योग नै धारासायी बनेको हो ।

खुकुरी बनाउने पेशालाई पछिल्ला पुस्ताले अवहेलना गर्ने गरेका कारण पनि यो पेशा संकटमा परिरहेको व्यावसायीहरुको भनाइ छ । त्यस्तै राज्यले उचित वातावरणसँगै साना तथा मझौला उद्योगलाई प्राथमिकता नदिंदा ब्यवसाय धरासायी बनेको हो ।

भोजपुरमा सिरुपाते, भोजपुरे, चित्लाङ्गे, कोथीमोडा लगायतका खुकुरी निर्माण हुने गर्दछन् ।