१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो


0
Shares

अपडेट
इलाम, असोज २९ । इलामको माइखोलामा यात्रुबाहक डुंगा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

दुर्घटनामा परी मृत्यु भएका तीनजनाको शव शनिबार भेटिएसँगै मृतकको संख्या ८ पुगेको हो । यसअघि, शुक्रबार पाँचजनाको शव भेटिएको थियो ।

मृत्यु हुनेमा इलाम महमाई–१ का ७५ वर्षीय जसबहादुर राई, सोही ठाउँकी ४५ वर्षीया डम्बरमाया मगर, ५८ वर्षीय हर्कबहादुर मगर र महमाई–२ की ३९ वर्षीया पवित्रा पौडेल, मोरङ मधुमल्ला–२ की ६ वर्र्षीया अन्जली खड्का र तेह्रथुमका कृष्ण घतानी छन् ।

मृतक दुईजनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा अरु पनि बेपत्ता भएको आशंकामा खोजी भइरहेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले डुंगा दुर्घटनामा बेपत्ता भएकाहरुको खोजी जारी राखेका हुन् ।

दुर्घटनामा परेका अरु ३४ जनाको भने उद्धार गरिएको छ ।