Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


अबहानीसित हार्‍यो मनाङ


0
Shares

काठमाडौं, चैत २० । एएफसी कप फुटबलको पहिलो खेलमा नेपालको लिग च्याम्पियन मनाङ–मर्स्याङ्दी क्लब पराजित भएको छ ।

बुधबार मनाङ बंगलादेशको अबहानी लिमिटेडसँग पराजित भएको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको ‘होम’ खेलमा मनाङ १–० ले पराजित भएको हो ।

मासिया साइघानीले २७औं मिनेटमा हेड गोल गर्दै अबहानीलाई दिलाएको अग्रता नै जितका लागि पर्याप्त भयो ।

मनाङका केही प्रहारलाई अबहानीका गोलरक्षकले बचाएका थिए ।

‘होम एन्ड अवे’का आधारमा भइरहेको प्रतियोगितामा मनाङले होम खेल खेलेको हो ।

समूह ‘इ’मा रहेको मनाङले अबहानीसँगको अवे खेल आगामी असार ४ गते बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा खेल्नेछ ।