
बर्दिया, असोज ३० । बर्दियास्थित कृष्णसारको बासस्थान अतिक्रमणको चपेटामा परेको छ ।
२०२६ सालदेखि ऐलानी जग्गाको रुपमा बसोबास गर्दै आएका सुकुम्वासीहरुले घर टहरा निर्माण गर्दै खेतीपाती गर्न थालेपछि ६० हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको हो ।
सो क्षेत्रमा कृष्णसार संरक्षण क्षेत्र १६ दशमलव ९५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको संरक्षण कार्यालयले जनाएको छ ।
कुल क्षेत्रफलमध्ये ५ दशमलव २७ वर्ग किलोमिटर कृष्णसारको बासस्थान क्षेत्र रहेको प्रमुख संरक्षण अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिए ।
११ दशमलव ६८ वर्ग किलोमिटर आवादी क्षेत्र हो । कृष्णसार संरक्षण क्षेत्र भित्र ९३ वटा घर पुरानो ऐलानी बस्ती र ४९ वटा घर सुकुम्वासी बस्ती गरी १ सय ४२ घर बनेका छन् ।
२०२८ सालदेखि पुरानो बस्ती र २०४६ सालदेखि सुकुम्वासीहरुले संरक्षण क्षेत्र अतिक्रमण गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्