१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


चतरा–बराहक्षेत्र मोटरबाटो सूचारु, तीर्थयात्रीलाई राहत


0
Shares

सुनसरी, असोज ३० । पाँच दिनदेखि अबरुद्ध बनेको सुनसरीको चतरा–बराहक्षेत्र मोटरबाटो पुनः सञ्चालनमा आएको छ ।

लगातारको वर्षाका कारण पहिरो गएपछि अवरुद्ध भएको चतरा–बराह क्षेत्र सडक मर्मत गरी आइतबारदेखि सञ्चालनमा ल्याइएको हो ।

प्रहरीले पहिरो पन्छाएर मोटरबाटो सञ्चालनमा ल्याएपछि सुनसरीको प्रसिद्ध धार्मिक स्थल बराहक्षेत्र धाम दर्शन गर्न जाने तीर्थयात्रीलाई राहत मिलेको छ । वर्षाका कारण सुनसरीको बराहक्षेत्र गाविसस्थित धनसार खोला नजिकैको भिर खसेर चतरा–बराहक्षेत्र सडकको ५० मिटर सडक पुरेपछि पाँच दिनदेखि बराहक्षेत्र दर्शन गर्न जाने तिर्थालु र भोजपुर, धनकुटा जाने सर्वसाधारण समस्यामा परेका थिए ।