
काठमाडौं, असोज ३० । १ हजार ५ सय वर्षभन्दा पुरानो बौद्ध दर्शनसम्बन्धी महाशास्त्रार्थ नेपालमा भइरहेको छ ।
काठमाडौंको जोरपाटीस्थित शेल्कर गुम्बामा हिउँदे सातौं महाशास्त्रार्थ भइरहेको हो ।
दुई सातासम्म जारी रहने महाशास्त्रार्थमा उपत्यकाका १० ओटा गेलुग सम्प्रदायअन्तर्गत बौद्ध गुम्बाका ४०० लामा, विद्वान तथा अनुयायी सहभागी छन् ।
भारतबाट आएका बौद्धगुरु गेशे थुप्तेनको संरक्षकत्वमा नेपाल बौद्ध गेलुग संघको आयोजनामा सो शास्त्रार्थ भइरहेको हो ।
१५ सय वर्षअगाडि बौद्ध महाआचार्य दिगनाग र महाआचार्य चन्द्रकीर्तिद्वारा रचित ‘प्रमाण समुच्चय’ र ‘प्रमाण वर्तीका’ शास्त्रलाई बुझ्न महाशास्त्रार्थ आयोजना गरिएको हो ।
यी दुई शास्त्रबाट महायान र हीनयानलाई सम्पूर्ण अर्थ जान्नसक्ने संघका पूर्वअध्यक्ष कर्साङ नुर्बू शेर्पाले जानकारी दिए ।
महाशास्त्रार्थमा बौद्ध दर्शनलाई वैज्ञानिक र व्यवहारिक बनाउन तार्किक बहस भइरहेको छ ।
बौद्ध दर्शनमा महत्वपूर्ण मानिएका माध्यामिक, प्रज्ञापारमिता, अभिधम्मकोष र विनयजस्ता बौद्ध ग्रन्थका आधारमा प्रश्न तथा उत्तर गरी बहस भइरहेको छ ।
महाशास्त्रार्थले बौद्धशिक्षालाई वैज्ञानिक र व्यवहारिक बनाइ नयाँ पुस्ताले बौद्ध दर्शनलाई परम्पराका आधारमा नभएर यथार्थपरक ज्ञानको मूल्यांकनका आधारमा अंगाल्नसक्ने निचोड निकाल्ने छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्