काठमाडौं, असोज ३० । बडादसैंको लामो बिदापछि आइतबार खुलेको शेयरबजार ऋणात्मक रह्यो ।
यसदिन कारोबार पनि न्यून रह्यो । बजार परिसूचक नेप्से १६ अंकले झरेर १८ सय ३ मा आइपुग्यो ।
कारोबार भएका सबै समूह ओरालो लागे । बीमा समूह सबैभन्दा उच्च ८१ अंकले झर्यो । होटल समूह पनि ७२ अंकले ओरालो लाग्यो । जलविद्युत्, वाणिज्य बैंक र अन्य समूह पनि दोहोरो अंकले झरे । अरु समूह सामान्य अंकले ऋणात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय २२ कम्पनीको ७ लाख ६७ हजार कित्ता शेयर ६० करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्