पर्वत, कार्तिक १ । पर्वतका २४ वटा ग्रामिण सडक मर्मत हुन नसक्दा दसैं मनाउन घर पुग्ने र फर्कने यात्रु ठुलो सास्तीमा छन् ।
दसैं अघि नै सबै सडक मर्मत गर्ने भनिए पनि जिल्ला विकास समिति र ठेकेदारका बीचमा ढिलो सम्झौता भएको तथा बर्षा नरोकिएका कारण सडक मर्मत नहुँदा यात्रुले सास्ती व्यहोर्नु परेको हो ।
सडक मर्मत नभएपछि पर्वतका अधिकांश ग्रामिण सडक दसैंमा सञ्चालन हुन सकेनन् भने सञ्चालनमा आएका सडकमा पनि यात्रुले सास्ती खेप्न बाध्य भए ।
सबैभन्दा बढी सवारी चल्ने दोबिल्ला–फलेबास सडक हिलाम्मे हुँदा एउटा सवारी साधनलाई पार हुन ५ घण्टासम्म लाग्ने गरेको चालक बताउँछन् ।





प्रतिक्रिया दिनुहोस्