Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


प्रधानमन्त्री दाहाल छिट्टै ‘देशद्रोही’ सावित हुन्छन् : बिजुक्छे


0
Shares

भक्तपुर, कात्तिक १ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री पुष्पकमल दाहाल छिट्टै ‘देशद्रोही’ सावित हुने दाबी गरेका छन् ।

रफत सन्चार क्लबले सोमबार भक्तपुरमा गरेको कार्यक्रममा नेमकिपाका अध्यक्ष बिजुक्छेले प्रधानमन्त्री दाहालले मुलुकका लागि राम्रो काम गर्न नसकेको आरोप लगाए ।

उनले दाहाललाई नेपाली कांग्रेसले उपयोग गर्दै आएको र विगतका गल्ती सुधार गर्ने योजनामा रहेको दाबी पनि गरे ।

केही महिनाभित्रै सत्ताको नयाँ समीकरण देखिने उनको भनाइ थियो ।

अध्यक्ष बिजुक्छेले तोकिएको समयमा निवार्चन गर्न सरकार नै प्रतिबद्ध नभएको आरोप पनि लगाए ।

निर्वाचन आयोगले पनि सरकारले नै सहयोग नगरेको गुनासो गरिरहेको भन्दै उनले निर्धारि समयमा निर्वाचन नहुने दाबीसमेत गरे ।

Skip This