Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


अमेरिकी भिसाका लागि तस्वीर खिचाउँदा अब चस्मा लगाउन नपाइने


0
Shares

काठमाडौं, कात्तिक १ । अमेरिकी राहदानी तथा प्रवेशाज्ञाका लागि तस्वीर खिचाउँदा चस्मा अनिवार्यरुपमा फुकाल्नुपर्ने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

सो प्रावधान यही कात्तिक १६ (नोभेम्बर १) बाट लागू हुने अमेरिकी राजदूतावासद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा अमेरिकी राहदानी तथा प्रवेशाज्ञाका लागि तस्वीर खिचाउँदा हालै शल्यक्रिया गरी आँखाको सुरक्षाका लागि चस्मा लगाउनैपर्नेजस्ता विशेष स्वास्थ्य अवस्थामामात्रै चस्मा लगाउन पाइने उल्लेख छ ।

दूतावासले स्वास्थ्यका कारण चस्मा लगाउनैपर्ने आवेदकले आफ्नो आवेदनका साथ शल्यचिकित्सक वा आँखारोग विशेषज्ञको हस्ताक्षर भएको पत्र पेस गर्नुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ । रासस