ताप्लेजुङ, कात्तिक २ । अलैंचीको मुल्य लगातार घट्न थालेपछि ताप्लेजुङसहित पूर्वका अलैंची ब्यापारी संकटमा परेका छन् ।
अलैंचीको मूल्य वृद्धि नभए अहिलेसम्म कमाएको नाफासमेत गुमाउने अवस्थामा पुगेको व्यवसायीहरुले बताएका छन् । अहिले ताप्लेजुङमा अलैंची प्रतिमन ५५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
भदौदेखि उत्पादन हुने अलैंचीको सुरु मुल्य ८० हजार प्रतिमत थियो । ब्यापारीले किसानसँग किनेको अलैंची भाउ बढ्ने आशामा गोदाममा थन्क्याएका कारण मूल्य घटेको स्थानीय व्यवसायी बताउँछन् ।
खाडी मुलुकमा गत वर्षको स्टक अलैंची नसकिएकाले अलैंचीको माग घटेकाले नेपालमा पनि मुल्य पनि घटेको व्यापारी बताउँछन् । नेपालमा उत्पादन हुने सबै अलैंची भारतको सिलगुडी, जोगवनी हुँदै नयाँ दिल्लीसम्म पुग्ने गरेको छ ।
नयाँदिल्लीबाट पाकिस्तानमा समेत गरेर दैनिक १ सयदेखि डेढ सय मनसम्म बिक्री हुन्छ । त्यो बाहेक पूर्वका जिल्लाबाट खाडी मुलुकमा समेत अलैंची निर्यात हुँदै आएको छ ।





प्रतिक्रिया दिनुहोस्