फाइल फोटो
काठमाडौं, कात्तिक २ । व्यवस्थापिका–संसदको मंगलबारको बैठकले भूमिगत जलस्रोत विधेयक, २०७२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
सिँचाइमन्त्रीका तर्फबाट परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले सदनको मंगलबारको बैठकमा सो प्रस्ताव प्रस्तुत् गरेका थिए ।
यसैगरी, बैठकमा परराष्ट्रमन्त्री डा. महतले जीवाणुजन्य (जैविक) तथा विषाक्त हतियारको विकास, उत्पादन र भन्डारणमा प्रतिबन्ध लगाउने तथा तिनलाई नस्ट गर्नेसम्बन्धी महासन्धि प्रस्तुत् गर्दा समितिमा पठाउनका लागि स्वीकृत भयो । सो महासन्धिलाई विश्वका १७५ देशले अनुमोदन गरिसकेका छन् ।
बैठकले चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक २०७२ लाई पनि समितिमा पठाउन सर्वसम्मतिले स्वीकृत गर्यो ।
प्रधानमन्त्रीका तर्फबाट न्याय, कानुन तथा संसदीय व्यवस्थामन्त्री अजयशंकर नायकले सो विधेयक प्रस्तुत् गरेका थिए ।
विधेयकको सैद्धान्तिक पक्षमाथि डा. सुबोध पोखरेल, रामनारायण बिंडारी र प्रेम सुवालले भाग लिइएका थिए ।
व्यवस्थापिका–संसदको अर्काे बैठक यही कात्तिक ३ गते अपराह्न ३ बजे बस्नेछ । रासस









प्रतिक्रिया दिनुहोस्