Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


एमाले पनि संविधान संशोधनको पक्षमा : देउवा


0
Shares

काठमाडौं, कात्तिक २ । नेपाली कांग्रेसका नेताहरुले आफ्नै पार्टीको नेतृत्वमा संविधान कार्यन्वयन हुनुपर्नेमा जोड दिएका छन् ।

सहिद सरोज कोइरालाको ४३औं स्मृतिदिवसको अवसरमा मंगलबार राजधानीमा गरिएको एक कार्यक्रममा उनीहरुले नेकपा एमालेलाई सहमतिमा लिएर संविधान संशोधन गरी चुनावमा जान भूमिका खेल्नुपर्ने बताए ।

कांग्रेस सभापति शेरवहादुर देउवाले एमाले पनि संविधान संशोधनको पक्षमा रहेको दाबी गरे ।

त्यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन गरी मुलुकलाई समृद्धितर्फ लानुपर्ने बताए ।

कांग्रेस महामन्त्री शशांक कोइरालाले मुलुकलाई निकास दिन पार्टीले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए भने अर्का नेता शेखर कोइरालाले एमालेलाई सहमतिमा लिएर अघि बढ्नुपर्ने बताए ।

सो अवसरमा काठमाडौंका पूर्वमेयर पीएल सिंहले २०४७ सालको संविधान पुनःस्थापना गरेमात्रै मुलुकले निकास पाउने दाबी गरे ।

Skip This