Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


नेपाल–चीनबीच उपभोक्ता हीत संरक्षणसम्बन्धी सम्झौता


0
Shares

काठमाडौं, कात्तिक ३ । चीनसँग उपभोक्ता हित संरक्षणका विषयमा दुईपक्षीय सम्झौता भएको छ ।

नेपाल भ्रमणमा आएका चीनका राज्य प्रशासनका उद्योग र वाणिज्यसम्बन्धी मन्त्री झांग माओ र नेपालको तर्फबाट आपूर्तिमन्त्री दीपक बोहराले बुधबार दुई देशबीच उत्पादन, व्यवसाय तथा उपभोक्ताका विषयमा एक–अर्कालाई सूचना उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

दुई देशबीच व्यापार सम्बन्ध अभिबृद्धि गर्न सहयोग गर्ने मनसायले चीनसँग सहमति भएको मन्त्रालयले जनाएको छ ।

उपभोक्ता हित संरक्षण गर्न दुबै देशमा लागू गरिने नयाँ–नयाँ नियम–कानुनबारे एकले अर्को देशलाई जानकारी दिनेलगायत विषयमा सहमति भएको छ ।

कार्यक्रमा मन्त्री बोहराले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गत मार्चमा भएको चीन भ्रमणमा भएका सम्झौताहरुको परिपालनामा नेपालले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता चिनियाँ मन्त्रीसामु व्यक्त गरेका थिए ।

चिनियाँ मन्त्री माओले यस समझदारीले दुई देशबीच भइरहेको व्यापार र वाणिज्य क्षेत्रलाई थप बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।