Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


नेप्से ५ अंक बराबरले ओरालो लागेर १७ सय ८७ मा


0
Shares

काठमाडौं, कात्तिक ३ । बुधबार पनि शेयरबजारमा गिरावट जारी रह्यो ।

यसदिन पनि बजार परिसूचक नेप्से ५ अंक बराबरले ओरालो लागेर १७ सय ८७ मा आइपुग्यो ।

कारोबार भएकामध्ये अधिकांशजसो समूह ऋणात्मक रहेसँगै नेप्से पनि ओरालो लागेको हो । होटल समूह बाहेक अरु सबै समूह ऋणात्मक रहेका हुन् ।

बीमा समूहमा सबैभन्दा उच्च ५७ अंकको कमी आयो । अरु समूह सामान्य अंकले ओरालो लागे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय २१ कम्पनीको ८ लाख ५० हजार कित्ता शेयर ५७ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।