Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


बुधबार पनि सुनको मूल्य उकालो लाग्यो


0
Shares

काठमाडौं, कात्तिक ३ । बुधबार पनि सुनको मूल्य उकालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर ५६ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

दसैंअघिदेखि स्थीरजसो रहेको सुनको भाउ मंगलबार पनि १ सय रुपैयाँले नै बढेर ५६ हजार १ सय रुपैयाँ कायम भएको थियो ।

चाँदीको मूल्य भने बुधबार पनि तोलाको ८ सय १० रुपैयाँमै स्थीर रह्यो ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस १२ सय ७० डलर हाराहारीमा कारोबार भएको थियो ।