काठमाडौं, कात्तिक ३ । सार्क एसोसिएसन अफ एस्थेटिक डरम्याटोलोजी (सार्क एएडी) सम्मेलन बुधबारदेखि काठमाडौंमा सुरु भएको छ ।
सार्क एएडी दक्षिण एसियाली जनताको छालासम्बन्धी समस्याको निवारण गर्दै आएका एस्थेटिक डम्र्याटोलोजिस्टहरुको संघ हो ।
सम्मेलनकैक्रममा लेजर लाइटको आविस्कारक, एस्थेटिक तथा सर्जिकल उपचारका लागि रेडियो फ्रिक्वेन्सी र अल्ट्रासाउन्ड सोल्युसन्सका उत्पादक अल्मा लेजर्सको एसियाली सब्सिडायरी अल्मा मेडिकलले आफ्ना उपकरण नेपाली बजारमा सार्वजनिक गर्यो ।
कम्पनीले नेपालमा रौं हटाउने, दाग–धब्बा निवारण तथा सोरियासिस र भिटिलिगोको उपचारका लागि प्रयोग हुने उपकरणहरु उपलब्ध गराउने जानकारी गराएको छ ।





प्रतिक्रिया दिनुहोस्