Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


पूर्व राजा ज्ञानेन्द्रले आज अन्तराष्ट्रिय विराट हिन्दु सम्मेलनको उद्घाटन गर्ने


0
Shares

काठमाडौं, कात्तिक ४ । अन्तराष्ट्रिय विराट हिन्दु सम्मेलन आजबाट काठमाडौंमा सुरु हुँदैछ ।

पवित्र पाशुपत क्षेत्रको बनकालीमा उद्घाटन हुने सम्मेलनलाई पूर्व राजा ज्ञानेन्द्र शाहले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेपालमा गणतन्त्र आएपछि लामो समयदेखि मौन बस्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले सार्वजनिक सभामार्फत आफ्नो भनाइ राख्ने भएका हुन् । 

विश्व हिन्दु महासंघको संयोजनमा भारतलगायत विभिन्न देशका हिन्दुवादी नेताहरुको संलग्नतामा यो सम्मेलन हुन लागेको हो ।

संविधानसभाबाट अघिल्लो वर्ष जारी भएको नेपालको संविधानले देशलाई धर्म निरपेक्ष बनाएपनि अझैपनि नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग बढ्दै गएको बेला हिन्दुहरुको आराध्यदेव पशुपतिनाथको पवित्र क्षेत्रमा अन्तराष्ट्रिय विराट हिन्दु सम्मेलन हुन लागेको हो ।
 
 

Skip This