Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


दक्षिण कोरियामा विदेशी कामदार १० लाखभन्दा बढी


0
Shares

सोल, कात्तिक ४ । दक्षिण कोरियामा विदेशी कामदारको संख्या १० लाखभन्दा बढी पुगेको दक्षिणी कोरियाली सरकारी तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको छ ।

सो विभागकाअनुसार गत मेसम्म दक्षिण कोरियामा बसोबास गरिरेहका १५ वर्षभन्दा माथिका १४ लाख २५ हजार विदेशी नागरिक रहेका छन् ।

दक्षिणी कोरियाली तथ्यांक विभागकाअनुसार सो संख्या गत वर्षको तुलनामा ३.७ प्रतिशतले बढी रहेको छ ।

तीमध्ये आर्थिक क्रियाकलापमा सक्रिय भएका विदेशी सन् २०१६ को सुरुको चार महिनामा १० लाख पुगेको र मेसम्ममा आएर १० लाख पाँच हजार पुगेको बताइएको छ ।

आर्थिक क्रियाकलापमा सक्रिय रहेका ती विदेशी नागरिकमा करिब ६.६ प्रतिशत चिनियाँ र ७.४ प्रतिशत भियतनामीज रहेका दक्षिण कोरियाली तथ्यांक विभागले जनाएको छ ।

त्यहाँ रहेका विदेशीमा गत मे महिनासम्म ९ लाख ६२ हजारले रोजगारी प्राप्त गरेका छन् । सो संख्या गत वर्षको तुलनामा २.६ प्रतिशतले बृद्धि भएको बताइएको छ ।

कामदारमध्ये १५ देखि २९ वर्षका २६.६ प्रतिशत र ४० वर्ष आसपासका झन्डै १९.५ प्रतिशत रहेका छन् ।

उद्योगहरुमा पनि ४५.४ प्रतिशत जागिर विदेशी कामदारले पाउने गरेका तथ्यांक विभागले जानकारी दिएको छ ।

‘होलसेल’ तथा खुद्रापसल, रेस्टुरेन्ट र होटल तथा लजमा काम गर्नेको संख्या भने १९.७ प्रतिशत रहेका छन् ।

विदेशी कामदारमध्ये आधाभन्दा बढीले औसतमा हिसाब गर्दा आफ्नो जागिरबाट मासिक झन्डै १० लाखदेखि २० लाखसम्म पारिश्रमिक पाउने गरेका छन् ।

तीमध्ये ३७.९ प्रतिशतले २० लाखदेखि ३० लाख रुपैयाँसम्म कमाउने गरेका छन् ।

झन्डै ८.९ प्रतिशत विदेशी कामदारलेमात्रै ३० लाखभन्दा बढी मासिक पारिश्रमिक पाउछन् । रासस/सिन्ह्वा