Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


सरकार तीनओटै तहको निर्वाचन गर्न प्रतिबद्ध : अर्थमन्त्री


0
Shares

बुटवल, कात्तिक ४ । अर्थमन्त्री कृष्णबहादुर महराले अबका १४ महिनामा स्थानीय, प्रदेश र संघीय संसदसहित तीनओटै निर्वाचन हुन नसके मुलुक संकटमा पर्ने बताएका छन् ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको आयोजनामा विहीबारदेखि बुटवलमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रर्दशनी तथा प्रथम तिहार महोत्सवको उद्घाटन गर्दै अर्थमन्त्री महराले सरकार तीनओटै तहको निर्वाचन गर्न प्रतिबद्ध रहेको बताए ।

बुटवलमन्डपमा सुरु भएको तिहार महोत्सवमा चार सय बढी स्टल राखिएका छन् ।

महोत्सवको चार लाख दर्शकले अवलोकन गर्ने र १२ करोड रुपैयाँ बराबरको कारोबारको लक्ष्य राखिएको आयोजक संस्थाका अध्यक्ष खेम श्रीसले जानकारी दिए ।