Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


लगानी बढाउँदै सोल्टी होटल, नेपालगन्ज र पोखरामा ४ तारे होटल


0
Shares

काठमाडौं, कात्तिक ४ । सोल्टी होटलले नेपालगन्ज र पोखरामा ४ तारे होटल बनाउने भएको छ ।

होटल स्थापनाको ५० वर्ष पुगेको अवसरमा आगामी योजनाबारे जानकारी गराउन विहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताइएको हो ।

सोल्टीले ५५ करोड रुपैयाँको लगानीमा नेपालगन्जमा ८१ कोठाको ४ तारे होटल निर्माण भइरहेको जनाएको छ ।

आगामी वैशाखमा यो होटल सन्चालनमा ल्याउने योजना रहेको कार्यकारी अध्यक्ष दिनेशबहादुर विष्टले बताए ।

नेपालगन्जको होटल सन्चालनमा आएपछि पोखरामा निर्माण सुरु गरिने उनले बताए ।

सोल्टी होटलका सेवानिवृत्त अध्यक्ष प्रभाकर राणाले पर्यटक भित्र्याउन विमानस्थलदेखि नै सुधार आवश्यक रहेको बताए ।

पर्यटनका लागि नेपाल गन्तव्यस्थल भएपनि पर्यटक भित्र्याउन राज्य गम्भीर नहुँदा अपेक्षित पर्यटक नआएको उनले बताए ।

सन् १९६६ देखि सन्चालनमा आएको सोल्टीले स्थापनाको ५०औं वर्षको अवसर पारेर नयाँ लोगो पनि सार्वजनिक गरेको छ ।