बिराटनगर, कात्तिक ५ । विद्युत् आपूर्ति व्यवस्था प्रभावकारी नभएपछि दुई वर्षदेखि बन्द रहेको विराटनगर जुट मिल अझै सञ्चालनमा आउन सकेको छैन ।
देशकै पहिलो जुट मिल १९९३ सालमा स्थापना भएको थियो । मिलमा ११ केभीए लाइनको मात्र विद्युत् सुविधा भएकाले चल्न नसकेको हो ।
लामो समयदेखि बन्द हुँदै चल्दै आएको विराटनगर जुट मिल साढे तीन वर्षअघि भारतीय कम्पनी विल्सन इन्टरनेसनलले वार्षिक १ करोड ३५ लाख सरकारलाई तिर्ने गरी २५ वर्षका लागि भाडामा लिएको थियो ।
सो कम्पनीले ३३ केभिएको डेडिकेटेड लाइन जडान गरिदिन सञ्चालक समितिलाई आग्रह गर्दै आएको छ ।
ठेकेदार कम्पनीले गरेको सम्झौतामा पनि सञ्चालक समितिले ३३ केभिएको डेडिकेटेड लाइन जडान गरिदिने भन्ने प्रष्ट रूपमा उल्लेख गरेको थियो ।
तर बन्द भएको २५ महिना बितिसक्दासमेत लाइन जडान हुन नसक्दा जुट मिल सञ्चालनमा आउन नसकेको हो ।





प्रतिक्रिया दिनुहोस्