काठमाडौं, कात्तिक ५ । युवा संघ नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता गरिएको महाअभियोग प्रस्तावका सम्बन्धमा विदेशी चासो हुनु अनावश्यक भएको जनाएको छ ।
संघका प्रवक्ता प्रभावविक्रम कटुवालद्वारा शुक्रबार जारी विज्ञप्तिमा नेपालका लागि भारतीय राजदूत रणजित रायले पदीय मर्यादाको हेक्का नराखी सो घटनामा आफ्ना गतिविधि सन्चालन गरेको जनाउँदै यसले नेपालको सार्वभौमसत्तामा आँच आउने उल्लेख छ ।
‘नेपालको सार्वभौमसत्ताको ख्याल नगरी कतिपय अवाञ्छित गतिविधि देखिएका छन् । नेपालको सानातिना राजनीतिक घटनाक्रम र सरकार सन्चालनका क्रियाकलापमासमेत अनावश्यक चासो र हस्तक्षेप भएकामा हाम्रो आपत्ति छ’–विज्ञप्तिमा भनिएको छ । रासस









प्रतिक्रिया दिनुहोस्