काठमाडौं, कात्तिक ५ । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)को अनुमतिपत्र दिन स्थगन गरेको जनाएको छ ।
हाल बोर्डबाट १९ ओटा संगठित संस्थाहरुले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)को अनुमतिपत्र प्राप्त गरी कार्यरत् रहेको साथै १० ओटा संगठित संस्थाहरुले अनुमतिपत्रका लागि बोर्डको प्रक्रियामा प्रवेश भैसकेको अवस्था रहेको छ ।
यसरी १९ ओटा मर्चेन्ट बैंकर कार्यरत् रहेको एवं थप १० ओटा संगठित संस्थाहरु प्रक्रियामा रहेको परिप्रेक्ष्य, विद्यमान बजारमा बैंक तथा वित्तीय संस्था र बीमासम्बन्धी संस्थाहरुको बाहुल्यता रहेकोमा हाल बैंक तथा वित्तीय संस्था तथा बीमासम्बन्धी संस्थाहरुको अनुमतिपत्र प्रदान गर्ने प्रक्रिया स्थगित भएको, मर्चेन्ट बैंकरहरुले बहन गर्ने जिम्मेवारी तथा लिने जोखिम, करिब १० वर्षअगाडिकोे पुँजीसम्बन्धी व्यवस्थालगायतका कारण नयाँ संस्थालाई अनुमति दिन स्थगित गरेको बोर्डले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्