पोखरा, कात्तिक ६ । कास्कीको पुम्दीभुम्दीमा १०८ फिटको महादेवको मूर्तिसँगै स्मृतिपार्क निर्माण गरिने भएको छ ।
पुम्दीकोटलाई धार्मिक एवं पर्यटकीय गन्तव्यकोरुपमा प्रबद्र्धन गर्न महादेवको मूर्ति र स्मृतिपार्क निर्माण गरिने भएको हो ।
यो ठाउँबाट पोखराको फेवाताल, सहरको मनोरम दृश्य, अन्नपूर्ण, माछापुच्छ«े धौलागिरिलगायतका हिमशृंखलाको अवलोकन गर्न सकिन्छ ।
मंसिरमा शिलान्यास गरिने उक्त मूर्ति र स्मृतिपार्क ५ करोड २५ लाख रुपैयाँ लागतमा निर्माण गर्न लागिएको पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण, उपभोक्ता एवं पर्यटन प्रवद्र्धन समितिका संयोजक चन्द्रकान्त बरालले शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
महादेव मूर्ति र स्मृतिपार्क निर्माणले पोखरालाई अर्को नयाँ पर्यटकीय एवं धार्मिक गन्तव्यकोरुपमा विकासमा गराउने उनको भनाइ छ । मूर्ति आगामी दुई वर्षभित्र बनाइसक्ने लक्ष्य रहेको उनले बताए ।
करिब १७ रोपनी क्षेत्रफलभित्र विभिन्न भौतिक संरचना निर्माण गरिँदै जाने र त्यसका लागि समग्रमा २१ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको समितिले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्