काठमाडौं, कात्तिक ६ । यो साता पुँजीबजारमा सवा तीन अर्बको कारोबार भयो ।
नेपाल स्टक एक्सचेन्जमा १ सय ४९ कम्पनीको तीन अर्ब एक करोड २८ लाख रुपैयाँ बराबरका ३८ लाख ८८ हजार कित्ता सेयरहरु खरिद–बिक्री भए ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९ अंक बढिले घटेर अन्तिम दिन १७ सय ९४ अंकमा आइपुग्यो ।
यो साता कारोबार भएका अधिकांश समूहमा गिरावट आएसँगै साताको नेप्से झरेको हो ।
वाणिज्य बैंक, विकास बैंक, बित्त, होटल, उत्पादनमूलक समूहमा गिरावट आयो । जलविद्युत्, बीमा र अन्य समूहमा सामान्य बृद्धि आयो भने व्यापार समूह स्थीर रह्यो ।
यो साता कारोबार रकम, कारोबार भएको सेयर संख्या र कारोबार संख्याको आधारमा पनि कुमारी बैंक रह्यो । कुमार बैंकलाई बैंक अफ काठमाडौं लुम्बिनी, शिखर इन्स्योरेन्स, एभरेष्ट बैंक र ज्योती विकास बैंकले क्रमशः पच्छ्याउन पुगे ।





प्रतिक्रिया दिनुहोस्