काठमाडौं, कात्तिक ७ । अघिल्ला वर्षहरुमा झैं यो वर्ष पनि कात्तिक १० गतेदेखि जावलाखेलको खेल मैदानमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी एवं व्यापार मेला आयोजना हुने भएको छ ।
फ्लोरिकल्चर एशोसियसन अफ नेपालले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको बारेमा जानकारी दिएको हो ।
चार दिनसम्म चल्ने प्रदर्शनीमा स्पाईडर, मिनियचर, इन्क्रर्भ र रिफ्लेक्स गरी चार विधा समावेश गरिएको छ । गोदावरी फूलको व्यवसायिक विकास, विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रदर्शनीमा ३६ वटा व्यवसायिक, तीनवटा सूचनामुलक र तीनवटा गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टलहरु रहने छन् ।
प्रदर्शनीमा विभिन्न प्रजातीका फूलका विरुवाहरु समेत राखिने छ । कृषि विकास मन्त्रालयको सहयोगमा फ्लोरिकल्चर एसोसियसन नेपालले मेला आयोजना गर्दै आएको छ ।





प्रतिक्रिया दिनुहोस्