Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


शेयर बजारमा दोहोरो अंकले गिरावट


0
Shares

काठमाडौं, कात्तिक ७ । आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आयो । बजार परिसूचक नेप्से १२ अंकले ओरालो लागेर १७ सय ८२ मा आएर थामियो ।

कारोबार भने पछिल्ला दिनका तुलनामा सामान्य सुधारिएर अर्ब बराबर पुग्यो । होटल र विकास बैंक बाहेक अरु समूह ओरालो लाग्दा नेप्से झरेको हो ।

जलविद्युत समूह सबैभन्दा उच्च २८ अंकले घट्यो । वाणिज्य बैंक समूह पनि १७ अंकले झर्‍यो ।

बीमा समूह पनि दोहोरो अंकले ओरालो लाग्यो । अन्य र वित्त समूह भने सामान्य अंकले घटे । यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय २६ कम्पनीको १० लाख बढी कित्ता शेयर ९७ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।