Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


सनराइज बैंकको ३३ प्रतिशत बोनश प्रस्ताव पारित


0
Shares

काठमाडौं, कात्तिक ७ । सनराइज बैंकको आर्थिक वर्ष २०७२/७३ को नाफबाट आफ्ना शेयरधनीलाई ३३ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

बैंकको आइतबार राजधानीमा सम्पन्न नवौं वार्षिक साधारणसभाले बोनस शेयर जारी भई कायम भएको चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गरेको हो ।

बोनश शेयर जारीपछि बैंकको चुक्ता पूँजी ५ अर्ब ३० करोड पुग्नेछ । यसपछि जारी गर्ने ३० प्रतिशत हकप्रद शेयरसँगै बैंकको चुक्ता पूँजी ७ अर्ब पुग्नेछ ।

साधारणसभाले १० अर्ब अधिकृत पूँजी बृद्धि गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

बैंकका अध्यक्ष मोतीलाल दुगडले मुलुकमा जारी अजहज अवस्थाका बाबजुद पनि संस्थाले उल्लेख्य प्रगती जारी राख्न सफल भएको प्रतिवेदन प्रस्तुत गरे ।

बैंकले यस अवधिमा ९५ करोड १४ लाख खुद नाफा गर्न सफल भएको जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा एक सय दुई प्रतिशतले बढी हो । संचालन मुनाफामा पनि ८३ प्रतिशतले बृद्धि आएको बैंकले जनाएको छ ।

हालै नारायणी नेशनल फाइनान्स प्राप्ती गरेको बैंकले फाइनान्स प्राप्तीपछि व्यवसाय एवं शाखा सञ्जालमा समेत राम्रो बढोत्तरी भएको जनाएको छ ।