Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


अबहानीसितको भिडन्तका लागि देवेन्द्र र अभिषेक मनाङमा


0
Shares

काठमाडौं, चैत १८ । बुधबार हुने एएफसी कप फुटबलको तयारी पूरा भएको छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ–मर्स्याङ्दी क्लबले ‘होम’ खेलअन्तर्गत् बंगलादेशको ढाका अबहानी लिमिटेडसित खेल्न लागेको हो ।

मनाङका अध्यक्ष छिमी उर्गेन गुरुङले एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा हुने खेलका लागि विराटजंग शाहीलाई टेक्निकल डाइरेक्टर बनाएको जनाउँदै खेलाडीहरु देवेन्द्र तामाङ र अभिषेक रिजाललाई क्लबमा भित्र्याएको बताए ।

एएफसी कप ‘होम एन्ड अवे’का आधारमा हुनेछ ।

बलियो मानिएको अबहानीको टिममा बंगलादेशी राष्ट्रिय टोलीका सात खेलाडी रहेका छन् ।

खेल जित्ने दुवै टोलीको दाबी छ ।