भक्तपुर, कात्तिक ८ । नेकपा एमालेका नेता शेरधन राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोगको पक्षमा सबै दल एकठाउँमा उभिएर जनताको पक्षमा निर्णय लिनुपर्ने बताएका छन् ।
रफत सन्चार क्लबले सोमबार भक्तपुरमा गरेको कार्यक्रममा नेता राईले महाअभियोगको प्रस्ताव संसदमा प्रवेश भइसकेको र छिट्टै किनारा लाग्ने बताए ।
उनले नेपाली कांग्रेसलेसमेत महाअभियोगको पक्षमा निर्णय लिने विश्वास व्यक्त गरे ।









प्रतिक्रिया दिनुहोस्