Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


‘महाअभियोग मधेस विषय ओझेलमा पार्ने षडयन्त्र’


0
Shares

                                                                      फाइल फोटो

काठमाडौं, कात्तिक ८ । नेपाल सद्भावना पार्टीले व्यवस्थापिका–संसदमा दर्ता भएको महाअभियोगको प्रस्ताव मधेस विषयलाई ओझेलमा पार्ने षडयन्त्र भएको आरोप लगाएको छ ।

पार्टीको संघीय कार्यसमितिको बैठकले मधेसी मोर्चाद्वारा मधेस आन्दोलनको सम्बोधनका निम्ति प्रस्ताव गरिएको संविधान संशोधनका विषयमा सरकार उदासीन रही महाअभियोगको विषयमा अलमलिएको निष्कर्ष निकालेको छ ।

पार्टी अध्यक्ष अनिलकुमार झाद्वारा प्रस्तुत् राजनीतिक प्रस्ताव पारित गर्दै बैठकले मोर्चाद्वारा सरकारलाई दिइएको समर्थन फिर्ता लिन मोर्चाभित्र दबाब सिर्जना गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टी महासचिवको संगठनसम्बन्धी आगामी कार्ययोजना एवं पार्टीको छैटौं महाधिवेशनपछि हालसम्म संघीय कार्यसमितिद्वारा सम्पादित कार्यलाईसमेत अनुमोदन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, विभिन्न जिल्लामा देखिएका कृषि, प्रशासन, विद्युत्, कर, भन्सार, वन, शिक्षालगायत क्षेत्रका समस्यालाई उठाउँदै सरकारीपक्षसँग समन्वय गरी समाधान गर्न दबाबसमेत दिने निर्णय गरेको पार्टीका प्रवक्ता डा. डिम्पलकुमारी झाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस

Skip This