Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


कांग्रेसमा अलमल, महाअभियोगबारे आधिकारिक धारणा आउन अझै केही दिन : देउवा


0
Shares

काठमाडौं, कात्तिक ८ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार पनि जारी रह्यो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव अघि बढाउन कांग्रेसको आधिकारिक धारणाको प्रतीक्षा गरिएको भएपनि कांग्रेसले निर्णय गर्न ढिलाइ गरेको छ ।

कांग्रेसको सोमबार बसेको बैठक पनि सो विषयमै केन्द्रित रहेको जनाइएको छ ।

बैठकमा १३ जना केन्द्रीय सदस्यहरुले बोलेकोमा अधिकांशले कार्कीविरुद्धको प्रस्तावलाई अघि बढाउनुपर्ने धारणा राखेका थिए ।

केही सदस्यहरुले भने नेकपा एमाले र माओवादी केन्द्रको बहकाऊमा लाग्न नहुने भन्दै पार्टीले परिपक्व निर्णय लिनुपर्ने सुझाव दिएका थिए ।

महाअभियोग प्रस्तावबारे नेतृत्वको धारणा माग्ने सदस्यहरुले कांग्रेस सभापति शेरबहादुर देउवाले अहिल्यै हतार गर्न नहुने भन्दै महाअभियोग प्रस्तावबारे आधिकारिक धारणा आउन अझै केही दिन लाग्ने बताएको बैठकमा सहभागी सदस्यहरुले बताएका छन् ।

बैठकमा संविधान संशोधन, स्थानीय निकाय निर्वाचनलगायतका विषयमा पनि छलफल भइरहेको छ ।

कांग्रेस बैठक मंगलबार पुनः बस्नेछ ।

 

Skip This