काठमाडौं, कात्तिक ८ । खेलकुद पहिरनसम्बन्धी ‘ब्रान्ड’ पुमाले आफ्नो नयाँ शोरुम काठमाडौंको दरबारमार्गमा सन्चालनमा ल्याएको छ ।
बलिउड अभिनेत्री नेहा धुपियाले सोमबार शोरुमको उद्घाटन गरिन् ।
स्टोरमा जीवनशैलीदेखि फुटबल, रनिङ गियर र जीमका परिधानहरु उपलब्ध हुने जनाइएको छ ।
पुमा इन्डियाका प्रबन्ध निर्देशक अभिषेक गाँगुलीले नेपालमा स्टोर विस्तार गर्न पाएकोमा उत्साहित भएको बताए ।





प्रतिक्रिया दिनुहोस्