काठमाडौं, कात्तिक ८ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल र भियतनामबीचको आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध अभिबृद्धि गर्न सक्दो भूमिका निर्वाह गर्न नेपालका लागि भियतनामका राजदूत टन सिंह थानोलाई अनुरोध गरेका छन् ।
राजदूत थानोको नेतृत्वमा गएको प्रतिनिधिमन्डलसँगको छलफलका अवसरमा प्रधानमन्त्री दाहालले नेपालमा राजनीतिक परिवर्तनपश्चात नेपालको आर्थिक परिवर्तनका लागि पुँजी र प्रविधिको आवश्यकता रहेकाले भियतनामका उद्यमी–व्यवसायीहरुले नेपालमा लगानी गरी दुबै देशले फाइदा लिनसक्ने बताएका थिए ।
राजदूत थानोले भियतनामका उद्यमी–व्यवसायीहरु नेपालमा लगानी गर्न उत्सुक रहेको जानकारी गराउँदै नेपाल र भियतनामबीचको आर्थिक सम्बन्धलाई अझ प्रभावकारी बनाउन काठमाडौंमा अवैतनिक वाणिज्यदूत स्थापना गरी उद्यमी राजेशकाजी श्रेष्ठलाई अवैतनिक वाणिज्यदूत नियुक्त गरिएको जानकारी गराएका थिए ।
प्रतिनिधिमन्डलले परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलाई पनि भेटगरी दुई देशबीचको आर्थिक विकास र आपसी हितकाबारेमा छलफल गरेको थियो ।





प्रतिक्रिया दिनुहोस्