Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


यु–१६ राष्ट्रिय क्रिकेट हुँदै


0
Shares

काठमाडौं, चैत १८ । १६ वर्षमुनिको एसीसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको छनोटका लागि मंगलबारदेखि राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगितामा ७ प्रदेशका टोलीले सहभागिता जनाउनेछन् ।

दुई समूहमा विभाजन गरिएको प्रतियोगिताका प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

आउँदो वैशाख ५ गतेदेखि थाइल्यान्डमा हुन लागेको रिजन क्रिकेटका लागि यसै प्रतियोगिताबाट खेलाडी छनोट गरिनेछ ।

प्रारम्भिक छनोटमा २५ खेलाडी र त्यसपछि १४ खेलाडी अन्तिम टोलीमा छनोट हुनेछन् ।

प्रतियोगिताको समूह ‘ए’मा प्रदेश नम्बर–३, गन्डकी प्रदेश–४, प्रदेश नम्बर–५ र कर्णाली प्रदेश रहेका छन् ।

समूह ‘बी’मा प्रदेश नम्बर–१, प्रदेश नम्बर–२ र सुदूरपश्चिम प्रदेश छन् ।

प्रतियोगिताको विजेताले एक लाख ५० हजार रुपैयाँ बराबरको खेल सामग्री प्राप्त गर्नेछ । उपविजेताले ७५ हजार बराबरको खेलकुद सामग्री पाउने जनाइएको छ ।