काठमाडौं, चैत १८ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आर्थिक नियमावली र कार्यविधि सार्वजनिक गरेको छ ।
एन्फाले वार्षिक बजेटलाई वैज्ञानिक पद्धतिबाट र आर्थिक गतिविधि पारदर्शी बनाउन नियमावली तयार गरेको सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो ।
नियमावली र कार्यविधिले घोषित आर्थिक पारदर्शीताको ‘रोडम्याप’ बनाउन सजिलो हुने अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए ।
नियमावलीले नीतिगतरुपमा निर्देशन गर्ने र कार्यविधिले विशेष प्रक्रियाबारे काम गर्ने शेर्पाको भनाइ छ ।
नियमावली र कार्यविधिमा एन्फाको बजेट, खेलाडी भत्ता, पदाधिकारी भत्ता, खरिद तथा बिक्री, जिन्सी रेकर्डलगायतका विषयहरु समेटिएका छन् ।
यही चैत ९ गतेबाटै लागू भएको नियमावली र कार्यविधिअनुसार फुटबल खेलाडीहरुले पाउँदै आएको भत्ता २० अमेरिकी डलरबाट बढाएर जनही ३५ डलर पुर्याइएको छ ।
त्यसैगरी, नेपालमा खर्च हुने पैसा नेपालको कानुनअनुसार तथा फिफा र एएफसीको सहयोग रकम उसकै नियमअनुसार हुने प्रवक्ता किरण राईले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्