Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


‘भारतस्थित नेपाली दूतावासको जमिनमुनिबाट मेट्रोरेल सन्चालन गर्न किन अनुमति दिइयो ?’


0
Shares

काठमाडौं, कात्तिक ९ । व्यवस्थापिका–संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भारतस्थित नेपाली राजदूतावासको जमिनमुनिबाट मेट्रोरेल सन्चालन गर्न सरकारले दिएको अनुमतिका सम्बन्धमा सात दिनभित्र सम्पूर्ण कागजात उपलब्ध गराउन निर्देशन दिएको छ ।

समितिको मंगलबार बसेको बैठकले नेपाल–भारत प्रबुद्ध समूहको गठन गर्दा उक्त समूहलाई प्रदान गरिएको कार्यादेशसहित कार्यप्रगतिको लिखित विवरण उपलब्ध गराउन पराराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले उक्त विषयका लागि परराष्ट्र मन्त्रालयको स्पस्ट धारणा आवश्यक भएकाले आगामी बैठकमा अनिवार्य उपस्थित हुनसमेत निर्देशन दिइएको छ ।

मंगलबारको बैठकमा प्रबुद्ध समूहका संयोजक डा. भेषबहादुर थापालगायत सदस्यले समूहको कार्यप्रगतिकाबारेमा जानकारी गराएका थिए । रासस