Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


अरुण काबेलीद्वारा सर्वसाधारणका लागि ३० लाख कित्ता शेयर निस्कासन


0
Shares

रविन भट्टराई (इमेज)

ताप्लेजुङ, कात्तिक ९ । अरुण काबेली पावरले सर्वसाधारणका लागि ३० लाख कित्ता शेयर निस्कासन गरेको छ ।

ताप्लेजुङ र पाँचथरको चार गाविस आयोजनास्थल रहेको कम्पनीले शेयर निस्कासनको जिम्मा सिद्धार्थ क्यापिटललाई दिएको छ । कात्तिक १२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्तीमा ५० कित्ता र बढीमा १५ हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीमा ७० प्रतिशत प्रमोटर शेयर लगानी छ भने आयोजना प्रभावित क्षेत्रका लागि १० प्रतिशत शेयर यसअघि नै निस्कासन भइसकेको छ । बाँकी रहेको २० प्रतिशत शेयर सर्वसाधारणलाई निस्कासन गरिएको हो ।

अरुण काबेलीको कार्यालय थापाथली र सिद्धार्थ बैंकका सबै शाखामार्फत् शेयर आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

आयोजनाबाट वार्षिक १४ करोड १७ लाख बराबर किलोवाट विद्युत् उत्पादन हुने बताइएको छ । आयोजनाको अनुमानित लागत ४ अर्ब रुपैयाँ रहेको छ ।