२१ श्रावण २०८२, बुधबार | Thu Aug 7 2025


काठमाडौं विश्वविद्यालयको विशेष दीक्षान्त समारोह काठमाडौंमा हुने


0
Shares

बनेपा, कात्तिक १० । काठमाडौं विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त समारोह यसपटक राजधानीमा हुने भएको छ ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई सम्मानार्थ महाविद्यावारिधि प्रदान गर्ने उक्त विशेष दीक्षान्त समारोह विशेष कारणवस त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा हुने निश्चित भएको काठमाडौं विश्वविद्यालयका प्रेस संयोजक हरि मञ्जुश्रीले जानकारी दिए ।

राष्ट्रपति मुखर्जीलाई प्रदान गर्न लागिएको सम्मानार्थ महाविद्यावारिधि यो तेस्रोपटक हो ।

राष्ट्रपति मुखर्जीलाई आगामी कात्तिक १८ गते काठमाडौं विश्वविद्यालयको कुलपतिको हैसियतले प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मानार्थ महाविद्यावारिधि प्रदान गर्ने कार्यक्रम रहेको छ ।

यसअघि, भारतीय विद्वान् करण सिंहलाई पहिलोपटक र संस्कृतविद् सत्यमोहन जोशीलाई दोस्रोपटक विशेष दीक्षान्त समारोहमा सम्मानार्थ महाविद्यावारिधि प्रदान गरिएको थियो । रासस