२१ श्रावण २०८२, बुधबार | Thu Aug 7 2025


प्रधानमन्त्री दाहाल र अख्तियारका आयुक्तहरुबीचको भेटवार्तामा के भयो ?


0
Shares

काठमाडौं, कात्तिक १० । प्रधानमन्त्री पुष्पकमल दाहालसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निमित्त आयुक्त दीप बस्न्यातसहितका आयुक्तले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार भएको भेटवार्ता प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछिको अवस्थाका विषयमा केन्द्रित रहेको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले नियमित भेटघाटअन्तर्गत् आजको भेट भएको बताए ।

भेटमा प्रधानमन्त्रीले स्वायत्त र स्वतन्त्र निकायकोरुपमा आफ्नो काम जारी राख्न आयोगलाई आग्रह गरेको आचार्यले जानकारी दिए ।

प्रधानमन्त्रीले आयोगको काम–कारबाहीमा राजनीतिक दल र सरकारको पूर्णसहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

गत कात्तिक ३ गते प्रमुख आयुक्त कार्कीविरुद्ध संसदमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १५७ सांसदले महाभियोगको प्रस्ताव दर्ता गरेपछि कार्की निलम्बित भएका छन् ।

हाल वरिष्ठताको आधारमा बस्न्यातले निमित्त प्रमुख आयुक्तको जिम्मेवारी सम्हालिरहेका छन् । रासस