अपडेट
काठमाडौं, कात्तिक १० । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी रहेको बैठकमा देशमा विकसित पछिल्लो घटनाक्रम र राजनीतिक अवस्थाबारे छलफल भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका–संसदमा प्रस्तुत् भएको महाअभियोग प्रस्ताव, संविधान संशोधनलगायतका विषयमा बैठकमा छलफल भएको नेताहरुले बताए ।
बैठकमा कुनै निर्णय नभएपनि थप छलफल गरी सहमतिबाटै अगाडि बढ्न तीन दल तयार भएको नेताहरुले प्रतिक्रिया दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्