काठमाडौं, कात्तिक १० । दशौं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी बुधबारदेखि ललितपुरको जावलाखेलमा सुरु भएको छ ।
‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने नाराका साथ फ्लोरिकल्चर एसोसिएसन अफ नेपालले कृषि विकास मन्त्रालयको सहयोगमा मेला आयोजना गरेको हो ।
गोदावरी फूलको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको एसोसिएसनका उपाध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताए ।
मेलामा करिब ५० ओटा फूलका स्टल राखिएका छन् । मेला करिब ३० हजारले अवलोकन गर्ने एवं ३० लाखको व्यापार हुने आयोजकको विश्वास छ ।
मेला कात्तिक १३ गतेसम्म चल्नेछ ।





प्रतिक्रिया दिनुहोस्