फाइल तस्विर
काठमाडौं, कात्तिक ११ । नेपाल–भारत संयुक्त आयोगको मन्त्रिस्तरीय बैठक भारतको नयाँ दिल्लीमा आज(बिहीबार) बस्दैछ ।
बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र भारतका तर्फबाट विदेशमन्त्री सुष्मा स्वराजले प्रतिनिधित्व गर्नेछन् ।
बैठकमा नेपाल–भारतका बीचमा विगतमा भएका सम्झौता र आयोजनाको कार्यान्वयनको अवस्था बारेमा वृहत समीक्षा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भारत भ्रमणका क्रममा भएका सहमतिलगायत यसअघि नेपाल–भारतबीच भएका सहमति तथा आयोजनाको कार्यान्वयनका बारेमा वृहत समिक्षा हुने बताइएको छ ।
परराष्ट्रमन्त्री महतले नेपाल–भारत संयुक्त बैठकमा विगतमा भएका सन्धि सम्झौता कार्यान्वयन तथा गण्डक सम्झौताको विषयलाई प्राथमिकताका साथ उठाउने बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्